दफा ११
आर्थिक पक्ष
११. आर्थिक पक्ष
भू–उपयोग योजना कार्यान्वयन गर्ने सन्दर्भमा आवश्यक पूर्वाधारको व्यवस्थाका लागि नक्शा तथा भौगोलिक सूचनाहरुको उत्पादन, भू–उपयोग क्षेत्रहरुको निर्धारण, भू–उपयोग योजना तर्जुमा, सांगठनिक तथा कानूनी व्यवस्था, दक्ष जनशक्तिको आपूर्ति जस्ता विविध कार्यहरु गर्नुपर्ने भएकोले यसका लागि ठूलो मात्रामा साधनस्रोत आवश्यक पर्ने हुन्छ । यो आवश्यकता परिपूर्ति गर्न मुलुकको आन्तरिक स्रोतका साथै थप वाह्य स्रोत समेत आवश्यक पर्ने देखिन्छ । तसर्थ भू–उपयोग नीति तर्जुमा भए पछि कार्यान्वयनको लागि बनाइने योजना तथा कार्यक्रम संचालनगर्न आवश्यक पर्ने आर्थिक स्रोतको पहिचान तथा व्यवस्था तत् तत् समयमा नै गर्नु पर्ने देखिन्छ ।